काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा एजब्यास्टन टेस्टबाट बाहिरिएका छन्। यससँगै जसप्रित बुमराह उक्त टेस्टमा भारतीय टोलीको कप्तानीमा देखिनेछन्।
स्रोतका अनुसार बुमराहलाई यो जानकारी दिइएको छ। लेस्टरशायरविरुद्धको अभ्यास खेलका क्रममा रोहितलाई कोरोना संक्रमण भएको थियो। उनी अझै पनि पूर्ण रूपमा फिट हुन सकेका छैनन्।
यस्तो अवस्थामा भारतीय टोलीको नयाँ कप्तान बुमराहको नेतृत्वमा मैदान उत्रन सक्छ। स्रोतका अनुसार बुमराहलाई टिम मिटिङमा कप्तानको बारेमा जानकारी दिइएको छ।
पीटीआईका अनुसार रोहितको आरटी–पीसीआर रिपोर्ट फेरि पोजिटिभ आएको छ। उनी अझै आइसोलेसनमा छन्।
केएल राहुलको अनुपस्थितिमा बुमराह कप्तान हुने पक्का छ। उनी टेस्टमा भारतको कप्तानी गर्ने ३६औँ क्रिकेटर हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।