काठमाडौं- लर्ड्समा २७७, ट्रेन्ट ब्रिजमा २९९ र हेडिङ्लेमा २९६ रनको लक्ष्य पछ्याउँदै तीनै खेलमा न्यूजिल्यान्डविरुद्ध इंग्ल्यान्डले ‘क्लिन स्वीप’ गरेको थियो।
२५० रनको लक्ष्य पछ्याउँदा कुनै टोलीले लगातार तीन टेस्ट खेल जितेको यो पहिलो पटक हो। टेस्ट सिरिजमा २५० रनको लक्ष्य पछ्याउँदै तीन खेल जित्ने पहिलो टोली पनि इंग्ल्यान्ड बनेको छ।
ट्रेन्ट ब्रिज र हेडिङ्लेमा भएको यो सिरिजमा इंग्ल्यान्डले क्रमशः ५.९८ र ५.४४ को रन रेटका साथ चेज गरेको थियो। दुवै खेलमा २५० प्लस रनको लक्ष्य टेस्ट इतिहासकै सबैभन्दा छिटो थियो।
सन् १९५१–५२ मा अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको सिरिजमा तीन पटक २०० प्लस रनको लक्ष्य पछ्याएको एउटा मात्र घटना घटेको छ। जहाँ आयोजक टोलीले दुई पटक र पाहुना टोलीले एक पटक जितेको थियो।
इंग्ल्यान्डले यो सिरिजमा आफ्नो स्कोरिङ रेटका साथ नयाँ कीर्तिमान बनाएको छ। तीन खेलमा इंग्ल्यान्डको रन रेट ४.५४ एक टेस्ट सिरिजमा पाँच वा सोभन्दा बढी पटक ब्याटिङ गर्ने टोलीहरूमध्ये सबैभन्दा उच्च थियो।
इंग्ल्यान्डको आक्रामक ब्याटिङले ट्रेन्ट ब्रिजमा मात्र ५० ओभरमा २९९ रन बनायो, जुन ३०० भन्दा बढी बलको दोस्रो द्रुत टेस्ट इनिङ्स सावित भयो।
हेडिङ्लेमा इंग्ल्यान्डको स्कोरिङ रेट सीमित ओभरको क्रिकेटको जस्तै थियो। इंग्ल्यान्डले दुवै इनिङ्समा ५.४ को रन रेटमा ६५६ रन बनायो। जुन टेस्ट खेलमा कुनै पनि टोलीको सबैभन्दा उच्च रन रेट (न्यूनतम ५०० भन्दा बढी रन) हो।
हेडिङ्लेमा इंग्ल्यान्डको रन रेट दुवै इनिङ्समा क्रमशः ५.३७ र ५.४४ थियो। यो रन रेटको आधारमा शीर्ष सात सबैभन्दा छिटो टेस्ट इनिङ्समा समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।