काठमाडौं–बालुवाटारस्थित क्रिकेट एक्स्लिसेन्स सेन्टरमा प्रशिक्षणरत १० क्रिकेटरहरुलाई जिम्बु थकाली रेस्टुरेन्टले छात्रवृत्ति प्रदान गरेको छ। व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रेस्टुरेन्टले उनीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो।
जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सेन्टरका तर्फबाट संस्थापक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र जिम्बु थकालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रभुशरण थापा मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुरुप क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीहरुले जिम्बु थकालीको तर्फबाट एक वर्ष अवधिका लागि छात्रवृत्ति प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।