काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले वर्ल्ड कप लिग–२ खेल्न स्कटल्यान्ड जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ।
क्यानले गरेको बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङको उपस्थिति थियो। त्यसैगरी क्यान अध्यक्ष चतुरबहादुर चन्द कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतले क्रिकेट टिमको बिदाइ गरेका छन्।
लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानुअघि नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा जानेछ। क्यानडामा नेपालले त्यहाँको राष्ट्रिय टोलीसँग दुई वटा एकदिवसीय खेल खेल्नेछ।
त्यहाँबाट क्रिकेट टोली स्कटल्यान्ड जानेछ। स्कटल्यान्डमा घरेलु टोलीसहित नेपाल र नामिबियाबीच लिग–२ अन्तर्गतको एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला हुनेछ। नेपालले दुवै देशसँग २–२ वटा खेल खेल्नेछ।
नेपालले पहिलो खेल असार २७ गते नामिबियाविरुद्ध खेल्नेछ। लिग–२ को अंकतालिकामा २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ। १६ खेलबाट १५ अंक पाएको नेपाल पाँचौँ र १४ खेलबाट १४ नै अंक बटुलेको नामिबिया छैटौँ स्थानमा छन्।
स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका :
असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल
असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल
असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया
साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड
यी हुन् खेलडी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।