काठमाडौं– घरेलु टोली मलेसियालाई पराजित गर्दै संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ।
शनिबार भएको खेलमा युएईले मलेसियालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो। मलेसियाले दिएको १०१ रनको लक्ष्य युएईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
युएईको जितमा तिर्थ शतिसले ५५ रनको अर्धशतकीय इनिङ्स खेलिन्। उनले ४२ बलमा ९ चौका प्रहार गरिन्। खुशी शर्माले १३ रन बनाउँदा कविशा इगोडागेले ९ रनमा आउट भइन्।
मलेसियाकी मास एलिसा, निक नुर अतेइला र एइसा एलिसाले समान एक विकेट लिइन्। त्यसअघि किनरारा ओभल ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०० रन बनाएको थियोे।
मलेसियाकी अइन्ना हसिमले सर्वाधिक २८ रन बनाइन्। उनले ३८ बलमा ३ चौका प्रहार गरिन्। अरियना नात्स्या २४ बलमा २ चौकासहित २५ रन बनाएर अविजित रहिन्।
यता, वान जुलियाले ३२ बलमा ३ चौकासहित २० रन जोडिन्। एल्सा हन्टरले १५ रनको योगदान दिइन्। युएईकी इन्दुजा नन्दाकुमारले दुई विकेट लिइन्। खुशी शर्मा र चया मुघलले समान एक विकेट लिइन्।
हारका बावजुद मलेसियाले बंगलादेशमा हुने महिला एसिया कपमा आफ्नो स्थान पक्का गरिसकेको छ। यस प्रतियोगिताबाट फाइनलका दुई टोलीले प्रतियोगितामा स्थान बनाउने समीकरण थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।