काठमाडौं– इंग्ल्यान्डले न्यूजिल्यान्डसँगको तेस्रो टेस्ट खेलमा उत्कृष्ट पुनरागमन गरेको छ। दोस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड पहिलो इनिङ्स ४९ ओभरमा २६४-६ को अवस्थामा छ।
समग्रमा इंग्ल्यान्ड पहिलो इनिङमा ६५ रनले पछि छ। इंग्ल्यान्डका जोनी बेयरस्टो १३० रनमा अविजित छन्। उनले १२६ बलमा २१ चौका प्रहार गरे। उनको लगातार दोस्रो शतक हो। टेस्ट करिअरको १०औं शतक हो।
डेब्यू खेल खेलेका तीव्र गतिका बलर ओभरटन ८९ रनमा अविजित छन्। उनले १०६ बलमा १२ चौका र २ छक्का प्रहार गरे। बयरस्टो र ओभरटनले सातौं विकेटका लागि २०९ रनको दोहोरो शतकीय अविजित साझेदारी गरेका थिए।
बेन स्टोक्सले १८ रन बनाए। त्यसअघि न्यूजिल्यान्ड पहिलो इनिङ्स ३२९ रनमा अलआउट भयो। न्यूजिल्यानडका डर्याल मिचेलले १०९ रनमा आउट भए। उनले २२८ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
जारी खेलमा मिचेलले तीनै खेलमा शतक प्रहार गरेका छन्। टेस्ट करिअरको उनको चौथो शतक हो। टम ब्लन्डेलले १२२ बलमा ७ चौकासहित ५५ रन बनाए। टिम साउथी ३३, कप्तान केन विलियम्सन ३१ र डेभन कन्वे २६ रन बनाए।
इंग्ल्यान्डका स्पिनर ज्याक लेचले सर्वाधिक ५ विकेट लिए। स्टुअर्ट ब्रोडले तीन, म्याथ्यु पट्स र जेमी ओभरटनले एक/एक विकेट लिए। तीन टेस्ट खेलको सिरिज इंग्ल्यान्डले एक खेल अगावै जितिसकेको छ। इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।