काठमाडौं– हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको विज्ञानले पुष्टि गरेको छ। ‘गोल्डेन रेसियो’को आधारमा हर्ड संसारकै सबैभन्दा सुन्दर अनुहार भएकी महिला भएको बताइएको छ।
‘गोल्डेन रेसियो’को अर्थ विज्ञान र गणितिय आधारमा मिलेको अनुहार भन्ने बुझिन्छ। यसलाई पहिलो पटक ग्रिकहरुले सुरु गरेका थिए।
बेलायती सौन्दर्य सर्जन डा. जुलियन डि सिल्भाले बताएअनुसार एम्बरको अनुहार उत्कृष्टतामा ९१.८५ प्रतिशत पाइएको छ। डिजिटल फेसियल म्यापिङ प्रविधिले गरेको अनुसन्धानका आधारमा उनको अनुहार यो स्तरमा उत्कृष्ट पाइएको हो।
डा. सिल्भाले सन् २०१६ मा खिचिएको एम्बरको एक तस्बिरलाई आधार मानेर अनुसन्धान गरेका थिए। अनुहारका विभिन्न १२ भागको विश्लेषण गरिएको थियो, जसमा उनको आँखा, नाक, ओठ, चिउँडो र टाउकोको मापन गर्दा उत्कृष्ता अंक करिब ९२ प्रतिशत आएको छ।
एम्बर पछिल्लो समय उनका पूर्व पति जोनी डेपसँगको अदालती प्रक्रियाका कारण चर्चामा थिइन्। अदालतले लामो समयदेखि चलिरहेको मुद्दामा फैसला गर्दै एम्बरले विपक्षमा फैसला सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।