काठमाडौं– भारतका अलराउन्डर वासिङ्टन सुन्दरले यो सिजन काउन्टी क्रिकेट लङ्काशायरबाट खेल्ने भएका छन्। बुधबार दिउँसो लङ्काशायर व्यवस्थापनले यसको पुष्टि गरेको हो।
२२ वर्षीय सुन्दर तीन काउन्टी च्याम्पियनसिप खेलका लागि उपलब्ध हुनेछन्। चेतेश्वर पुजारापछि यो सिजन इङ्लिस काउन्टी क्रिकेट खेल्ने उनी दोस्रो भारतीय हुन्।
श्रेयस अय्यरले २०२१ मा रोयल लन्डन कपका लागि लङ्काशायरसँग खेल्ने सम्झौता गरेका थिए। तर, काँधको चोटका कारण उनले कुनैपनि खेल खेल्न पाएनन्।
काउन्टी च्याम्पियनसिप डिभिजन वानको अंक तालिकामा लङ्काशायर हाल सरे र ह्याम्पशायरभन्दा १०८ अंकले पछि छ।
वासिङ्टन बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा हातको चोटबाट निको हुँदैछन्। जुलाई २०२१ मा चेस्टर-ले-स्ट्रिटमा काउन्टी सेलेक्ट इलेभेनविरुद्धको तीन दिने खेल खेल्दा उनको औंलामा चोट लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।