काठमाडौं– इंग्ल्यान्डका कप्तान ओन मोर्गनले ‘ग्रोइन’को चोटका कारण नेदरल्यान्ड्सविरुद्धको तेस्रो ओडीआई खेल गुमाका छन्। उनको कम्मरमा समस्या छ। उनको स्थानमा जोस बटलरले टोलीको कप्तानी गरेका थिए।
मोर्गनले नेदरल्यान्ड्स्सविरुद्धको सिरिजमा कूल दुई खेल खेलेका थिए। तर, उनको खातामा शून्य रन छ। यस क्रममा उनले कूल ८ बल खेलेर पनि एक रन बनाउन सकेनन्। उनको फिटनेस र फर्मको चिन्ता कायमै छ। यो सिरिजको सुरुमै उनले आगामी दिनमा केही अन्तर्राष्ट्रिय खेल नखेल्ने बताएका थिए।
मोर्गनले वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका सबै खेल खेलेका थिए। यस क्रममा उनको खुट्टाको मांसपेशीमा चोट लागेको थियो। त्यसपछि मिडलसेक्ससँग खेल्दा उनको ढाडमा चोट लागेको थियो। यद्यपि, उनले ती सबै ओडीआई खेल नेदरल्यान्ड्सविरुद्ध खेल्ने अपेक्षा गरिएको थियो।
मोर्गनले मंगलबार पनि अभ्यास गरेनन्। दोस्रो ओडीआई खेलमा उनको तिघ्रामा समस्या देखिएको थियो। त्यसपछि उनी तेस्रो ओडीआई खेलबाट बाहिरिए। तर, इंग्ल्यान्डको टिम व्यवस्थापनले मोर्गनको स्थानमा कुनै पनि खेलाडीलाई टोलीमा समावेश गरेको थिएन।
सीमित ओभरको कप्तानको रूपमा उनको प्रदर्शनमा धेरै प्रश्न उठेका छन्। उनले पछिल्लो १८ महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र एक अर्धशतक बनाएका छन्। साथै, उनले घरेलु टी–२० क्रिकेटमा एक पनि अर्धशतक बनाएका छैनन्। तर, कम्तिमा टी–२० विश्वकपसम्म टोलीसँग रहने उनको लक्ष्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।