काठमाडौं– कोरोना संक्रमण पुष्टि भएसँगै भारतीय अलराउन्डर रविचन्द्रन आश्विनले अहिलेसम्म इङ्ल्यान्ड जान सकेका छैनन्। भारतले इङ्ल्यान्डसँग जुलाई १ देखि ५ सम्म पाँचौं टेस्ट सिरिज खेल्ने छ।
अश्विन अहिले क्वारेन्टाइनमा छन् र सबै प्रोटोकल पूरा गरेपछि मात्र उनी टोलीमा समावेश हुन सक्नेछन्। भारतीय टोलीका बाँकी सदस्य १६ जुनमा इङ्ल्यान्ड पुगेका छन् ।
बीसीसीआईको एक स्रोतले पीटीआईलाई भन्यो, ‘अश्विन जानुअघि कोरोना संक्रमण भएको कारण टोलीका बाँकी सदस्यहरूसँग इङ्ल्यान्ड भ्रमण गर्न रोकेका हौं। यद्यपि, जुलाई १ मा सुरु हुने टेस्ट अघि उनी त्यहाँ पुग्नेछन् भन्नेमा हामी आशावादी छौं।’
भारतीय टोलीका बाँकी सदस्यहरू लेस्टरशायरमा छन् र बलिङ प्रशिक्षक पारस म्हाम्ब्रे र ब्याटिङ प्रशिक्षक विक्रम राठोडको नेतृत्वमा अभ्यास गरिरहेका छन् ।
राहुल द्रविड, ऋषभ पन्त र श्रेयस अय्यर दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजसमाप्त भएपछि लेस्टरशायर पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।