काठमाडौं– बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ।
मलेसियामा जारी प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्यो।
बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सीता रानाले ४ तथा कविता जोशीले ३ रन बनाए। अतिरिक्त ८ रन जोडेर नेपालले लक्ष्य पूरा गर्यो।
वर्षकाकारण निर्धारित समयभन्दा ढिलो गरी बिहान ८:१५ बजे सुरु भएको खेललाई ७–७ ओभरमा छोट्याइएको थियो।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। समूह ‘बी’मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।