काठमाडाैं-नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन ५ सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन्। सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। समूह विजेता सोझै सेमिफाइनलमा प्रवेश गर्ने छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
पहिलो दिन २ खेल हुनेछ। पहिलो खेल जिएचसीए ललितपुर र केसीटीसी तथा दोश्रो खेल आयोजक एनसीए र ओसिस् क्रिकेट एकेडेमीबीच खेल हुने छ। असार १४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।