काठमाडौं– फ्रेन्च फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गर्ने भएका छन्। स्पेनिस पत्रिका मार्काका अनुसार बेन्जिमाले सम्झौता नवीकरण गर्न लागेका हुन्।
३४ वर्षीय बेन्जिमाले रियलसँग २०२४ सम्मका लागि सम्झौता गर्ने समाचारमा उल्लेख छ। बेन्जिमाको रियलसँगको सम्झौता २०२३ सम्म रहेको छ। बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए।
बेन्जिमाले यस सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। बेन्जिमाले रियलका लागि ४ सय १५ खेलमा २ सय १९ गोल गरेका छन्।
उनले रियलबाट २१ उपाधि जितेका छन्। जसमा ५ च्याम्पियन्स लिग र ४ ला लिगा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।