काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी आठ वर्षका लागि आफ्नो मिडिया राइट्स बेच्ने भएको छ। परिवर्तनशील मिडिया परिदृश्यलाई ध्यानमा राख्दै आईसीसी भारतीय बजारमा प्रवेश गर्न लागेको हो।
आईसीसीले पुरुष र महिला प्रतियोगिताको मिडिया र डिजिटल राइट्स छुट्टाछुट्टै बेच्नेछ।
विगतमा आईसीसीले पुरुष र महिला प्रतियोगितालाई एकसाथ मिलाएर विश्वव्यापी रूपमा मिडिया राइट्स बेच्ने गरेको थियो। अहिले आईसीसीले टेन्डर आह्वान गरेर विभिन्न क्षेत्रमा मिडिया राइट्स बेच्न लागेको हो। यसले सम्झौताको कुल मूल्य बढाउनेछ।
पहिलो पटक भारतीय बजारको लागि बेच्न लागेको मिडिया राइट्स अधिकतम ६ वटा प्याकेजहरू टिभीमा मात्र उपलब्ध हुनेछन्। आईसीसीका अनुसार ३६२ र १०३ खेलको लागि १६ पुरुष विश्व प्रतियोगिताहरू ९आठ वर्षभन्दा बढी० र ६ वटा महिला विश्व प्रतियोगिताहरू (चार वर्षभन्दा बढी) को लागि बोली लगाउन सक्छन्।
यसमा पुरुष र महिला अन्डर–१९ विश्वकप, ओडीआई र टी–आई सम्झौता पनि समावेश हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।