काठमाडौं– केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला नेपाली सेनाले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन पठाएको पत्र सार्वजनिक भएको छ।
नेपाल लाइभलाई प्राप्त पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। उनले २७ अक्टोबर २०१५  (२०७२ कात्तिक १० गते) मा सो पत्र पठाएको देखिन्छ। 
त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली थिए। उनी २०७२ असोज २५ गते तत्कालीन व्यवस्थापिका संसद्मा भएको निर्वाचनबाट प्रधानमन्त्री निर्वाचित भएका थिए। भोलिपल्ट सपथ लिएर उनले कार्यभार सम्हालेका थिए।
पत्र पठाउँदा नेपाली सेनासँग सम्बन्धित मन्त्रालय रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीले नै सम्हालेका थिए। 
प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पत्रमा एसपीपीमा सहभागिताका लागि आग्रह गरेका छन्।

                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।