काठमाडाैं-श्रीलंका प्रिमियर लिग (एलपीएल)को तेस्रो संस्करण जुलाई अन्तिमबाट सुरू हुने भएको छ। श्रीलंका क्रिकेट (एसएलसी) ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता ३१ देखि अगस्ट २१ सम्म खेलाइने जानकारी दिएको हो।
एसएलसीका अनुसार अन्तर्राष्ट्रिय खेलाडीहरूको दर्ता प्रक्रिया चाँडै सुरू हुने छ।
पहिलो दुई वर्षजस्तै यसपटक पनि लिगमा जम्मा पाँच टोलीको सहभागिता रहने छ। प्रतियोगितामा २४ खेल हुनेछन्।
समूह चरणका खेलहरू कोलम्बोमा र प्लेअफका खेल हम्बनटोटामा हुनेछन्।
हालसम्मका दुई संस्करणको उपाधि जाफना टोली (पहिलो जाफना स्टालियन्स र त्यसपछि जाफना किंग्स) ले जितेको थियो।
दुवै पटक फाइनलमा गाले ग्लाडिएटर्स पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।