काठमाडौं– पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतका पूर्वकप्तान विराट कोहलीको पुरानो कीर्तिमानलाई भंग गरेका छन्।
उनले बुधबार राति वेष्ट इन्डिजविरूद्ध १ सय ३ रन बनाउँदै तीव्र गतिमा एक हजार रन बनाउने कीर्तिमान भंग गरेका हुन्।
यससँगै आजमले एकदिवसीयमा आफ्नो १७ औं शतक पूरा गरेका छन्। पाकिस्तानमा कोहलीको उपनामले पनि चिनिने २७ वर्षीय आजम दायाँ हाते ब्याट्सम्यानलको उत्कृष्ट इनिङ्सका कारण वेष्ट इन्डिजविरूद्वको खेलमा पाकिस्तान ५ विकेटले विजयी भयो।
वेष्ट इन्डिजले पहिलो इनिङ्समा बनाएको ३ सय ५ रनलाई ४ बल बाँकी रहँदै पाकिस्तानले पूरा गर्यो। तीन एकदिवसीय सिरिज पाकिस्तानले १–० को अग्रता बनाएको छ।
बाबरले १३ इनिङ्समा एक हजार रन पूरा गरेका हुन्। यसअघि विराटले १७ इनिङ्समा हजार रन पूरा गरेका थिए।
एकदिवसीयमा तीव्र गतिमा हजार रन पूरा गर्ने सूचिमा दक्षिण अफ्रिकाका पूर्वकप्तान एवी डी भिलियर्सको नाम तेस्रोमा छ। उनले १८ इनिङ्समा पूरा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।