काठमाडौं–ग्रेट हिमालय क्रिकेट एकेडेमीद्वारा आयोजित स्कूल इन्डोर क्रिकेट लिगको पहिलो संस्करणको उपाधि डीएभी स्कूलले जितेको छ।
ललितपुरको हात्तीवनमा सम्पन्न फाइनलमा डीएभीले मोक्षदा स्कूललाई रोमान्चक खेलमा ३ रनले पराजित ग・यो। डीएभीले दिएको १०८ रनको लक्ष्य पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिंग गरे पनि ६ विकेट क्षतिमा १०४ रनमात्र बनायो।
डीएभीको जितमा प्लेयर अफ द म्याच घोषित आदर्श अग्रवालले अलराउण्ड प्रदर्शन गर्दै २९ रन बनाउनुका साथै २ विकेट पनि लिए। यस्तै इशु देओले २९ रन बनाए। मोक्षदाका रोहित शर्माले मात्र १५ बलमा ५३ रन बनाए। तर जितका लागि पर्याप्त रहेन।
बुधबार नै सम्पन्न सेमीफाइनलमा डीएभीले युनाइटेड स्कूललाई ५९ रनले तथा मोक्षदाले अक्षरा स्कूललाई २० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
प्रतियोगिताकै उत्कृस्ट खेलाडी डीएभीका आदर्श अग्रवाल घोषित भए। यस्तै उत्कृस्ट ब्याट्सम्यान मोक्षदाका संयम नेपाल तथा उत्कृस्ट बलर मोक्षदाकै इशान शाह घोषित भए।
तीन दिन चलेको प्रतियोगितामा युनाइटेड स्कूल, एभरेष्ट स्कूल, अक्षरा स्कूल, काभ्या स्कूल, सैनिक स्कूल, मोक्षदा, निस्ट, एलआरआई, रोजबड र डीएभी गरि उपत्यकाका १० टिम सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।