फाइल तस्बिर
नयाँदिल्ली-बिहीबारदेखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टी-२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतीय क्रिकेट टोलीको कप्तानी गर्ने भएका छन्। कप्तान केए राहुल घाइते भएपछि पन्तलाई जिम्मेवारी दिइएको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर प्रदर्शनपछि नियमित कप्तान रोहित शर्मालाई आराम दिँदै राहुललाई जिम्मेवारी दिइएको थियाे।
तर, राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले जनाएको छ। त्यस्तै, स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने भएका छन्। अभ्यासको क्रममा नेटमा ब्याटले लागेपछि कुलदीपले सिरिज गुमाउने भएका हुन्।
टोलीमा विराट कोहली, जस्प्रित बुमराह र रोहित शर्मालाई आराम दिइएको छ। टोलीको उपकप्तान भने अलराउन्डर हार्दिक पान्ड्यालाई दिइएको छ।
हार्दिकको कप्तानीमा गुजरात टाइटन्सले यसै सिजन आईपीएलको उपाधि जितेको थियो। भारत र दक्षिण अफ्रिकाबीच पाँच टी-२० आई खेल हुनेछ। पहिलो खेल बिहीबार, दोस्रो आइतबार, तेस्रो मंगलबार, चौथो शुक्रबार र पाँचौं आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।