काठमाडौं- लर्ड्समा न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टको अन्तिम इनिङ्समा अविजित ११५ रन बनाएका इङ्ल्यान्डका ब्याट्सम्यान जो रूट आईसीसीको टेस्ट वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।
उनले स्टिभ स्मिथ (हाल नम्बर ३ मा) र केन विलियम्सनलाई पछि पारेका हुन्। अर्कोतर्फ बाबर आजम चौथो स्थानमा छन्। मार्नस लाबुसचेन ८९२ अंकसहित पहिलो स्थानमा छन्।
यस्तै, बलिङतर्फ न्यूजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन दुई स्थान माथि उक्लिएका छन्। उनी तेस्रो स्थानमा छन्। उनले हालै इङ्ल्यान्डविरूद्ध ६ विकेट लिएका थिए।
यता, एकै टेस्टमा ६ विकेट लिएका इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसन दुई स्थान माथि उक्लिएर सातौं स्थानमा पुगेका छन्।
टी–२० वरीयतामा अस्ट्रेलियाका कप्तान आरोन फिन्च पाँचौं स्थानमा उक्लिएका छन्। उनका ओपनिङ पार्टनर डेभिड वार्नर ४५औं स्थानमा छन्। पहिलो टी–२० मा १६ रनमा ४ विकेट लिएर प्लेयर अफ द म्याच घोषित भएका तीव्र गतिका बलर जोस हेजलउड एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेका छन्।
एकदिवसीय तर्फ अलराउन्डर वरीयतामा अफगानिस्तानका राशिद खान तेस्रो स्थानमा उक्लिएका छन्। जिम्बाब्वेविरूद्धको सिरिजमा ६ विकेट लिएका मोहम्मद नाबी ११औं स्थानमा झरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।