काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको टी–२० वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सन्दीपको बलिङ वरीयता एक स्थान खस्किएको हो।
बलिङ वरीयतामा सन्दीप ३९औं स्थानमा रहेका छन्। बलिङतर्फ नेपालका अविनास बोहरा ८९औं स्थानमा छन्।
ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ। कुशल ३८औं स्थानमा झरेका छन्। यता, दिपेन्द्र ४०औं स्थानमा झरेका छन्।
ब्याटिङतर्फ नै नेपालका आसिफ शेख ९९औं स्थानमा छन्। अलराउण्डरतर्फ दिपेन्द्रको वरीयता यथावत् रहेको छ। उनी १०औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।