काठमाडौं– के, किन र कसरी? जस्ता प्रश्नले अन्य हजारौं प्रश्न जन्माउँछन्। अहिले भारतीय क्रिकेट टिम यस्तै प्रश्नहरूको बीचमा घेरिएको छ।
दक्षिण अफ्रिकासँग ९ जुनदेखि हुने टी–२० क्रिकेट सिरिजले पनि भारतीय टोलीमा यस्तै हजारौं प्रश्न तेर्साएको छ। मुख्य खेलाडीहरूलाई आराम दिएपछि कसले कसको स्थान लेलान्? कस्तो नतिजा आउला? के होला? र कसरी होला? भन्ने हजारौं प्रश्नमा अहिले भारतीय टोली घेरिएको छ।
त्यसमध्ये एक प्रश्न हो, जसप्रित बुमराहलाई आराम दिएपछि कुन तीव्र गतिका बलरले भारतीय टोलीमा स्थान बनाउलान्। इन्डियन प्रिमियर लिग (आईपीएल)को समाप्तिसँगै भारतीय खेलाडी यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपको तयारीमा छन्।
भारतीय टोलीले यस प्रतियोगिताको तयारी दक्षिण अफ्रिकासँग ५ खेलको टी–२० सिरिजबाट सुरू गर्ने छ। तर, यस सिरिजका लागि नियमित बलर बुमराहलाई आराम दिइएको छ।
अहिले भुवनेश्वर कुमारलाई उनको स्थानमा हेरिएको छ। उनले आईपीएलमा राम्रो खेल प्रदर्शन गरेका थिए। त्यसैले पनि भारतले उनीबाट निरन्तरता र प्रभावकारी बलिङको अपेक्षा गरेको छ। मोहम्मद शामी र दीपक चाहरको अनुपस्थितिमा उनले टोलीको प्रमुख बलर बन्ने मौका पाएका छन्।
नयाँ बलरहरूमध्ये अर्शदीप सिंह र उमरान मलिक छन्, जसले आईपीएलमा सबैलाई प्रभावित पारेका थिए। आफ्नो घातक गतिको साथ उमरानले सनराइजर्स हैदरावादका लागि मध्य ओभरमा विपक्षी ब्याटरमाथि डर पैदा गरेका थिए। उनले १४ खेलमा २२ विकेट लिए।
अर्शदीप भारतीय टोलीमा एक मात्र बायाँ हाते तीव्र बलर हुन्। यस्तो अवस्थामा उनको करिअरलाई लिएर थुप्रै आशा गर्न सकिन्छ।
यी सबै बीचमा आवेश खानलाई कसरी बेवास्ता गर्न सकिन्छरु लामो समय टिममा रहे पनि उनले यसै वर्षको सुरुमा डेब्यू गर्ने मौका पाएका छन्। उमरान र अर्शदीपको तुलनामा आवेशले इनिङ्सको कुनै पनि पोजिसनमा बलिङ गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।