काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि लडाइँपछि भारत र भारतीय खेलाडीको नजर यसैवर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छ। भारतीय टोलीले यस प्रतियोगिताको तयारी दक्षिण अफ्रिकासँग ५ खेलको टी–२० सिरिजबाट सुरू गर्ने छ।
मुख्य खेलाडीहरूलाई आराम दिएपछि ब्याकअप खेलाडीहरूका लागि हात उठाउने र टोलीको लागि आफ्नो दावेदारी गर्ने यो उत्कृष्ट अवसर हो।
भारतीय टोलीका लागि सबैभन्दा ठूलो चुनौती दिनेश कार्तिकलाई प्लेइङ ११ मा समावेश गर्नु हो। यसबाहेक पनि यस्ता धेरै प्रश्न छन् जसको जवाफ यो टोलीले जतिसक्दो चाँडो खोज्नुपर्छ।
आईपीएलमा २७ विकेट लिएर युजवेन्द्र चहलले सबैलाई आफू भारतको नम्बर वान टी–२० स्पिनर भएको दाबी प्रस्तुत गरेका छन्। तर, टोलीमा दोस्रो स्पिनरको स्थान अझै खाली छ। एक वर्ष अघिसम्म रविन्द्र जडेजा आँखा चिम्लिएर यो टोली स्थान बनाउँदै आएका थिए।
तर, चोट र खराब फर्मसँग लड्दा उनको स्थानमाथि प्रश्नचिन्ह कायमै छ। अक्षर पटेलको रूपमा भारतसँग जडेजाको राम्रो विकल्प छ, जसले ४ ओभर बलिङ गरे पनि मध्यक्रममा महत्त्वपूर्ण रन बनाउन सक्छन्।
तर, जडेजाजस्तो अक्षर विकेट लिने खेलाडी होइन। उनी रन स्टपर स्पिनर हुन्। यता, कुलदीप यादवको नाम पनि जडेजाको विकल्पमा आउँछ, जो आक्रामक स्पिनर हुन् र विकेट लिने मनसाय राख्छन्।
पछिल्लो समय उनी आफ्नो पुरानो लयमा फर्किएका छन् र फेरि एकपटक चाहलसँग ‘कुल–चा’ जोडी बनाउन सक्छन्। रवि बिश्नोई अर्को दावेदार हुन्, जसले आफ्नो सटिक गुगली बलले घातक साबित बन्न सक्छन्। वेस्ट इन्डिज सिरिजमा डेब्यू गरे पनि उनले बलिङमा अझै मिहेनत गर्न आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।