काठमाडौं– आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानको सामना गर्दैछ।
मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानको सामना गर्न लागेको हो। नेपाल र भुटानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।
अघिल्ला दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको नेपाल सोमबार दोस्रो जितको खोजीमा हुनेछ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको छ ।
नेपाल २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। अघिल्ला दुई खेलमा हार बेहोरेको भुटान अंकविहीन हुँदै पुछारमा छ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यू-१९ टी२० महिला विश्वकप खेल्न पाउनेछ।
नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।