काठमाडौं– पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तरले मास्टर ब्लास्टर सचिन तेन्दुलकरलाई जानजान घाइते बनाउन चाहेको खुलासा गरेका छन्।
उनले सन् २००६ को कराँची टेस्ट म्याचमा सचिनलाई मात्रै घाइते बनाउन चाहेको बताएका हुन्।
इरफान पठानले २००६ को कराँची टेस्ट म्याचमा ह्याट्रिक विकेट लिएका थिए। तर, उक्त खेलमा भारतीय टोलीले हार बेहोरेको थियो। स्पोर्ट्सकीडासँगको विशेष कुराकानीमा शोएबले यसबारेमा महत्त्वपूर्ण खुलासा गरेका हुन्।
शोएबले उक्त टेस्ट म्याचको सन्दर्भमा भने, ‘त्यो टेस्ट म्याचमा सचिनलाई जसरी पनि घाइते बनाउनुपर्छ भन्ने संकल्प लिएर आएको थिएँ । इन्जामाम उल हकले मलाई लगातार विकेटको अगाडि बलिङ गर्न भनिरहनुभएको थियो। मैले सचिनको हेलमेटमा हिर्काएँ र भने– अब यो सकियो। तर, उनले आफूलाई बचाउन सफल भए। मैले उनलाई फेरि चोट पुर्याउने प्रयास गरेँ, तर असफल भएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।