काठमाडौं– आईसीसी यू–१९ महिला टी२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल ८ रनमा अलआउट भएको छ।
मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो।
नेपालकी स्नेहा महराले सर्वाधिक ३ रन बनाइन्। ओपनर मनिषा रानाले २, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट भए। नेपालका ६ खेलाडीले खाता खोल्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।