काठमाडौं– आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले दोस्रो खेलमा आज (शनिबार) संयुक्त अरब ईमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो।
मलेसियाको यूकेएम ओभलमा हुने दोस्रो खेलमा नेपालले युएईको सामना गर्न लागेको हो। नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ।
नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। यता, युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ।
पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रीकामा २०२३ मा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।