काठमाडौं- नेपालले आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ।
शुक्रबार बिहान मलेसियाको यूकेएम ओभल मैदान भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो। एसिया छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा अलआउट हुँदै ३८ रनमा समेटियो। श्रृष्टि जैसीले ३ विकेट लिँदा कृतिका मरासिनी, स्नेहा महरा र अनु कडायतले २/२ विकेट लिए।
कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले १४/१४ रन जोड्नुबाहेक अन्य कसैले पनि दोहोरो अंक रन बनाउन सकेनन्।
त्यसअघि नेपालका लागि नेपालका लागि आश्मा पुलामी मगरले अविजित ३२ रन बनाएकी थिइन् भने सृष्टि जैशीले अविजित २३ रन जोडिन्। सानु राजवंशी २१, अन्जली विश्वकर्मा ११ र किरण कुमारी कुँवर १ रन जोडेर आउट भएका थिए।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार छन्। शीर्ष टोलीले दक्षिण अफ्रीकामा हुने युवा विश्वकप खेल्न पाउनेछ। नेपालले भोलि युएईविरूद्ध खेल्नेछ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।