काठमाडौं– श्रीलंकाली पूर्वफास्ट बलर लसिथ मालिंगा अस्ट्रेलियाविरुद्धको सीमित ओभरको सिरिजका लागि श्रीलंकाको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्। कोलम्बोमा जुन ७ बाट तीन टी–२० अन्तर्राष्ट्रिय र पाँच एकदिवसीय खेलको सिरिज सुरु हुनेछ।
श्रीलंका क्रिकेट (एसएलसी)ले एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘हामी विश्वस्त छौं कि मालिंगाले आफ्नो अनुभवबाट हाम्रा फास्ट बलरहरूलाई रणनीतिक र प्राविधिक सहयोग प्रदान गर्नेछन्।’
यसअघि फेब्रुअरीमा श्रीलंकाको अष्ट्रेलिया भ्रमणमा पनि मालिंगालाई सोही जिम्मेवारी दिइएको थियो। श्रीलंकाले यो ५ खेलको टी–२० सिरिजमा ४–१ ले हार बेहोरेको थियो ।
मालिंगाले ८४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १०७ विकेट लिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा उनी मुम्बई इन्डियन्स र त्यसपछि राजस्थान रोयल्सका फास्ट बलिङ प्रशिक्षक र मेन्टर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।