काठमाडौं– अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार पहिलो अभ्यास खेल खेल्दैछ। अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टार्ससँग नेपालले अभ्यास खेल खेल्न लागेको हो। खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।
५० ओभरको खेल टेक्सासस्थित प्रेरि भ्यू क्रिकेट कम्प्लेक्समा हुने छ। नेपाली अल स्टार्स टोलीले नेपालसँगको अभ्यास खेलका लागि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका पृथु बास्कोटाको कप्तानीमा बलियो टोली घोषणा गरिसकेको छ।
टोलीमा अर्का क्रिकेटर बसन्त रेग्मी पनि छन्। उनले पनि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। दुवै क्रिकेटर केही समयदेखि अमेरिका बसेर व्यावसायिक क्रिकेट खेल्दै आएका छन्।
उनीहरुका अलवा टोलीमा न्यूजिल्यान्डका क्रिकेटर कोरे एन्डरसन समेत छन्। यस्तै, नेपाली अल स्टार्स टोलीमा लामो समयदेखि अमेरिकामा रहँदै आएका पूर्वराष्ट्रिय क्रिकेटर कनिस्क चौलागाईं पनि छन्।
नेपाली टोली-
सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशन भारि, किशोर महतो र सागर ढकाल
नेपाली अल स्टार्स टोली-
पृथु बास्कोटा, कोरे एन्डरसन, बसन्त रेग्मी, एन्ड्रिज गोस, हर्मित सिंह, मोहम्मद इल्यास, नितिश कुमार, साडले भान स्कालविक, समित पटेल, उदय कौल, कनिस्क चौलागाईं, गौरभ बजाज, आदील भट्टी, रेहमान डर, बिपुल शर्मा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।