काठमाडौं– प्रसिद्ध कृष्णाले जुन ६ बाट सुरु हुने रणजी ट्रफीको क्वार्टरफाइनल नखेल्ने भएका छन्। गत वर्ष कोरोनाका कारण हुन नसकेको इङ्गल्याण्डसँगको एकमात्र टेस्टका लागि कृष्णा छनोट भएका छन्। त्यसैले जुनको दोस्रो साता उनी टोलीसँग इङ्गल्याण्ड प्रस्थान गर्दैछन्।
यता, कर्नाटकले आफ्नो टोली घोषणा गरेको छ, जसमा मयंक अग्रवालले पुनारागमन गरेका छन्। मयंक सन् २०१८ मा भारतका लागि टेस्ट डेब्यू गरेपछि पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएका छन्।
कर्णाटकको टोलीमा देवदत्त पडिक्कल र करुण नायर पनि छन्। यस टोलीको मनिष पाण्डेले नेतृत्व गर्नेछन्। केएल राहुलले दक्षिण अफ्रिकाविरुद्ध जुन ९ देखि सुरु हुने टी–२० आई सिरिजमा भारतीय टोलीको नेतृत्व गर्ने भएकाले उनी पनि कर्नाटकका लागि अनुपलब्ध हुनेछन्।
कर्नाटकले जुन ६ देखि अल्लुरमा उत्तर प्रदेशसँग सामना गर्नुपर्नेछ। कोरोनाका कारण यस वर्ष रणजी ट्रफी दुई चरणमा आयोजना गरिएको थियो।
प्रत्येक टोलीले लिग चरणमा जम्मा तीन खेल खेलेका छन्। कर्नाटक तीन खेलमा दुई जित हात पार्दै समूहको पहिलो स्थानमा छ। कर्नाटकले निकटतम प्रतिद्वन्द्वी रेलवेलाई हराउँदै नकआउटमा प्रवेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।