काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को महिला टी–२० वरियतामा नेपालका कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन्।
आईसीसीले अपडेट गरेको पछिल्लो वरियताक्रममा नेपालका कप्तान रुबिनासहित कविता कुँवर, सिता रान मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका हुन्।
टी–२० बलिङ वरियतामा कविता ६१औं स्थानमा रहेकी छन्। कप्तान रुबिना ७१ औं र सिता ७५ औं स्थानमा छन्।
यता, ब्याटिङ वरियतामा सिता ५२औं स्थानमा रहेकी छन्। यस्तै, ज्योति पाण्डे ८० औं र इन्दु वर्मा ९९ औं स्थानमा छन्।
आईसीसी महिला टी–२० राष्ट्रको वरियतामा नेपाल १६ औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।