काठमाडौं– श्रीलंकाले दोस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली बंगलादेशलाई १० विकेटले पराजित गरेको छ।
अन्तिम दिन जितको लागि २९ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले ३ ओभर ९१८ बल०मा कुनै विकेट नगुमाई पूरा गर्यो। यो सँगै दुई टेस्ट खेलको सिरिज श्रीलंकाले १–० ले जितेको छ।
पहिलो टेस्ट भने ‘म्याच ड्र’ भएको थियो। श्रीलंकाका ओपनर ओशदा फर्नान्डोले सर्वाधिक २१ रन बनाए। उनले ९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यता, दिमुथ करुणारत्ने ७ रनमा अविजित रहे। त्यसअघि बंगलादेश दोस्रो इनिङ्समा १ सय ६९ रनमा अलआउट भएपछि मात्र २८ रनको अग्रता लिएको थियो। पहिलो इनिङ्स बंगलादेश १ सय ४१ रनले पछि परेको थियो।
दोस्रो इनिङ्समा बंगलादेशका सकिब अल हसनले सर्वाधिक ५८ रन बनाए। उनले ७२ बलमा ७ चौका प्रहार गरे।
यता, लिटन दास १ सय ३५ बलमा ३ चौकासहित ५२ रनमा आउट भए। छैटौं विकेटका लागि दास र सकिबले १ सय ३ रनको शतकीय साझेदारी गर्दै उकासेका थिए। तर, अन्य ब्याटरले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।
श्रीलंकाका असिथा फ्रेनान्डोले १७.३ ओभर बलिङ गर्दै ५ ओभर राखेर सर्वाधिक ६ विकेट लिए। उनले ५१ रन खर्चिए। श्रीलंकाले पहिलो इनिङ्स ५ सय ६ रनमा अलआउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।