काठमाडौं– अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएको झण्डै तीन महिनापछि जस्टिन ल्याङ्गरले अस्ट्रेलियाली क्रिकेट बोर्ड (सीए) मा ‘घृणित राजनीति’ भइरहेको दाबी गरेका छन्।
सीएका अन्तरिम अध्यक्ष रिचर्ड फ्रायडेन्स्टाइनले क्रिकेटमा राजनीति गरिरहेको उनको आरोप छ। टी–२० विश्वकप र एशेज सिरिजमा अस्ट्रेलियाको जित सुनिश्चित गरेपछि ल्याङ्गरले फेब्रुअरीमा आफ्नो सम्झौता ६ महिना थप गरेका थिए। तर, सम्झौता सकिनुअघि नै राजीनामा दिए।
त्यसबेला टोलीका वरिष्ठ खेलाडी र ल्याङ्गरबीच सम्बन्ध चिसिएको हल्ला पनि चलेको थियो। मार्क एडवर्ड, एडम गिलक्रिस्ट, रिकी पोन्टिङ, स्टिभ वा, म्याथ्यू हेडन र शेन वार्न जस्ता पूर्वखेलाडीहरूले पनि ल्याङ्गरको व्यवहारप्रति आक्रोश व्यक्त गरेका थिए।
त्यसपछि ल्याङ्गरको नाम इङ्ल्यान्डको प्रशिक्षक पदमा पनि जोडिएको थियो। तर, ल्याङ्गरले आफू जस्तो अस्ट्रेलिया प्रेमीका लागि कट्टर प्रतिद्वन्द्वी इङ्ल्यान्डको क्याम्पको हिस्सा बन्न असम्भव रहेको बताए।
उनले भने,‘तीन वर्षसम्म मैले राजनीतिमा रमाइलो गरेँ। मैले एउटा कुरा सिकेको थिएँ, तपाईंले केही गर्नुभएन भने राजनीतिको सामना गर्नुपर्छ। जनताको साथ भएमा जे पनि गर्न सकिन्छ। हैन भने एक्लोपन आउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।