काठमाडौं– सरकारले केन्द्रीय सचिवालय सिंहदरबारलाई सुन्दर, आकर्षक र व्यवस्थित बनाउने जनाएको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा सिंहदरबारलाई सुन्दर, आकर्षक र व्यवस्थित बनाउने विषय समेत समेटिएको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, 'केन्द्रीय सचिवालय सिंहदरबारलाई गुरुयोजना अनुरुप सुन्दर, आकर्षक र व्यवस्थित बनाइनेछ।'
यसैगरी सांस्कृतिक सम्पदाको संरक्षण गर्दै काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजनना तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा बाहिरी चक्रपथको थप अध्ययन गरि निर्माण प्रक्रिया अघि बढाइने विषय पनि समेटिएको छ। यसअघि पहिचान गरिएका ठाउँलाई नयाँ सहरका रुपमा विकास गरिने नीति पनि सरकारले लिएको छ। हाउसपुलिङमार्फत् सहरको पुनरोत्थान गर्ने योजना पनि सरकारले अघि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।