काठमाडौं– सरकारले आगामी ५ वर्षभित्रमा पूर्व–पश्चिम राजमार्गलाई एसियन हाइवेका रुपमा स्तरोन्नति गरिने जनाएको छ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गलाई ५ वर्ष भित्रमा ४ लेनको एसियन हाइवेका रुपमा स्तरोन्नति गरिने जनाइएको छ।
सडक पुर्वाधार निमार्ण तथा स्तरोन्नतिअन्तर्गत सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ। ‘बुटवल–नारायणगढ, कमला–कञ्चनपुरका खण्डको निर्माण कार्यलाई तीव्र बनाउनुका साथै काँकडभिट्टा ,लौकही, पथलैया कमला तथा पथलैया–नारायणगढ खण्डको निर्माण कार्य सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
काठमाडौं– तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा नै सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइने पनि सरकारको नीति तथा कार्यक्रममा राखिएको छ।
त्यस्तै, राष्ट्रिय राजमार्गअन्तर्गत तराई–मधेसका जिल्लासँग जोडने सडकलाई चार लेनमा स्तरोन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
सप्तरी हुँदै उदयपुरको गाइघाटसम्मको सडक निर्माणलाई विशेष प्राथमिकतामा राखिने पनि उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।