काठमाडौं– भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक रवि शास्त्रीले चेन्नई सुपर किंग्सले रविन्द्र जडेजालाई गरेजस्तै पञ्जाब किंग्सले मयंक अग्रवाललाई 'कप्तानीको बोझ'बाट मुक्त गराउनुपर्ने बताएका छन्।
कप्तानीको दबाबले अग्रवालको ब्याटिङलाई असर गरेको भन्दै उनले अग्रवाललाई उक्त जिम्मेवारीबाट अलग गराउनुपर्ने बताएका हुन्।
‘कप्तानीको दबाबले अग्रवालको ब्याटिङलाई असर गर्यो र आईपीएलको लिग चरणको अन्तिम दिन घोषणा गरिएको भारतीय टोलीमा उनले स्थान बनाउन सकेनन्। पञ्जाबबाट खेलेको वर्तमान फर्मबाट उनले न्याय गर्न सकेनन्,’ उनले भने।
उनले पञ्जाबका लागि १२२.५ को स्ट्राइक रेट र १६.३३ को औसतमा मात्र १९६ रन बनाए। उनको कप्तानीमा पञ्जाबले लिग चरणमा ६ जित र ६ हार बेहोर्यो। पञ्जाब अंक तालिकामा छैटौं स्थानमा रह्यो।
‘मयंक अग्रवालको स्थिति ठ्याक्कै रवीन्द्र जडेजाको हो। यी केटाहरूले कहिल्यै कप्तान गरेका थिएनन्। तर, उनीहरुलाई एक्कासी कप्तानीको जिम्मेवारी दिइयो। जसलाई उनीहरुले न्याय दिन सकेनन्,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।