काठमाडौं– कृतिका मरासिनी यू-१९ नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरेको जानकारी दिएको हो।
आईसीसी यू-१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तानको जिम्मेवारी दिएको हो।
मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन्।
प्रतियोगिता आगामी जुन ४ बाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।