काठमाडौं- भ्रमणकारी युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी२०आई क्रिकेट सिरिजमा घरेलु टोली नेपालले सानदार जित हात पारेको छ।
शनिबार सम्पन्न खेलमा नेपालले युगान्डालाई ३४ रनले पराजित गरेको हो। योसँगै ५ टी२० आई सिरिजमा युगान्डा ३–२ ले विजयी बनेको छ। नेपालले २ जित र ३ हारसहित सिरिजको अन्त्य गरेको छ।
जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्रै बनायो। युगान्डाकी रिता मुसामालीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा रन बनाएकी हुन्।
यता, केभिन एविनो २२ बलमा १ चौकासहित १५ रन बनाइन्। सकिरा सडिक १७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहिन्। जेनेत म्बावाजीले १० रन जोड्दा युगान्डाका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि इन्दु बर्मा र सीता रानामगरले २/२ विकेट लिइन्। यता, अस्मिना कर्माचार्य र हिरान्माये रोयले १/१ विकेट लिइन्।
त्यसअघि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्। उनले ४१ बलमा ३ चौका प्रहार गरिन्।
यता, कविता जोशी १५ बलमा २ चौका र १ छक्कासहित १८ रनमा अविजित रहिन्। सिताराना मगर १७ रनमा आउट हुँदा अप्सरी बेगमले ११ रन जोडिन्।
नेपालकी कपतान रुविना क्षेत्री र डोली भट्ट दुवै शून्य रनमा पोविलियन फर्किइन्। यस्तै, इन्दु बर्माले भने ८ रन जोडिन्।
युगान्डाकी कोन्सी एविको र फिओना कुलुमेले १/१ विकेट लिइन्। युगान्डाले लगातार ३ खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो।
नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय ब्यहोरेको थियो।
तेस्रो खेलमा नेपालले ६ विकेटको हार व्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।