काठमाडौं- घरेलु टोली नेपालले भ्रमणकारी युगान्डालाई चौथो महिला टी२० आई सिरिजमा ९८ रनको मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले १७.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।
नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको इनिङ्स खेलिन्। उनले १३ बलमा ४ चौका प्रहार गरिन्।
यता, विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन बनाइन्। सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन्।
नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालले सुरुआती ८ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको थियो।
त्यसपछि मध्यक्रममा चल्न नसक्दा नेपालले बलियो योगफल बनाउन सकेन।
युगान्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।