काठमाडौं– भ्रमणकारी युगान्डाविरुद्धको चौथो टी२० आई खेलमा घरेलु टोली नेपालले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेापलका कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी हुन्।
यसअघि भने खेल वर्षाका कारण प्रभावित भएको थियो। खेल कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि १२:३० बजे हुनुपर्ने टस सरेको थियो।
कीर्तिपुर क्षेत्रमा बिहीबार बेलुका वर्षा भएको थियो। नेपाल टोली आज युगान्डालाई हराउँदै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहने छ।
५ खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो।
नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो। यस्तै, दोस्रोमा नेपाल १ विकेटले पराजित भएको थियो।
पहिलो पटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले युगान्डासँग शनिबार अन्तिम टी२० आई खेल खेल्न खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।