काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी२० लिगको पहिलो संस्करण असोजदेखि सुरू हुने भएको छ।
क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ८ देखि आयोजना हुने जानकारी दिएको हो।
६ टिमले सहभागीता जनाउने प्रतियोगिताको फाइनल खेल कात्तिक २४ मा हुने छ। प्रतियोगिताका सम्पूर्ण खेल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दर्जनौं खेलाडीलाई राहत हुने गरि प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिए।
‘अनअफिसियल रूपमा अन्य थ्रुपै लिग चलिरहेको छ। तर, खेलाडीलाई राहत दिनेगरि हामीले २ वर्षदेखि आफ्नौं लिग ल्याउन लागेका थियौं। २ वर्ष कोरोना महामारीले प्रतियोगिता आयोजना गर्न सकेनौं। अहिले होम एन्ड अवेको आधारमा प्रतियोगिता आयोजना गर्न लागेका हौं, ’ उनले भने।
उनले १५ दिनभित्र प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइजी टोलीबारे जानकारी दिने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।