काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाबीच हुने ५ टी२० आई सिरिजमा दर्शकले नि:शुल्क प्रवेश पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाल र युगान्डाबीचको सिरिजमा दर्शकका लागि प्रवेश शुल्क नराखिएको जानकारी दिएको हो।
नेपालले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाविरुद्ध ५ टी२० आई सिरिज खेल्नेछ।
सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ। टोलीमा तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयबाहेक अन्य भने सबै पुरानै अनुहार रहेका छन्।
कीर्तिपुरमा हुने सिरिजअन्तर्गत पहिलो खेल जेठ २ गते हुनेछ। यस्तै, दोस्रो ३ गते र तेस्रो खेल ५ गते हुनेछ। चौथो ६ गते र अन्तिम खेल ७ गते हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।