काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डासँग आयोजना हुन लागेको ५ महिला टी२० आई सिरिजका लागि टोलीको घोषणा गरेको छ।
क्यानले शनिबार रुविना क्षेत्री बेलबासेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरेको हो। टोलीमा तीव गतिकी बलर अस्मिना कर्माचार्य र स्पिनर हिरान्माये रोयबाहेक अन्य भने सबै पुरानै अनुहार रहेका छन्।
अस्मिना बागमती प्रदेशको कप्तानी गर्दै आएकी छन्।
अस्मिना नेपाली टोलीको बन्द प्रशिक्षणमा रहँदै आएपनि अन्तिम टोलीमा स्थान बनाउन सकेकी थिइनन्। यता, हिरामान्येले यू–१९ राष्ट्रिय प्रतियोगितामाराम्रो छाप छाडेपछि सिनियर टोलीमा परेकी हुन्। उनी पहिलो बन्द प्रशिक्षणमै टोलीमा परेकी हुन्।
घोषणा टोलीमा सुमन खतिवडा, ऋतु कनोजिया, ममता चौधरी, सरस्वती चौधरी र करुणा भण्डारी भने अटाएका छैनन्। नेपाली महिला टोलीले पहिलो पटक घरेलु मैदान टियुमा अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो।
कीर्तिपुरमा हुने सिरिजअन्तर्गत पहिलो खेल जेठ २ गते हुनेछ। यस्तै, दोस्रो ३ गते र तेस्रो खेल ५ गते हुनेछ। चौथो ६ गते र अन्तिम खेल ७ गते हुनेछ।
नेपाली टोली:
रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरान्माये र विन्दु रावल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।