• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

६ महिनापछि लयमा फर्किएका मार्स

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २९, २०७९  १८:२८
1140x725

काठमाडाैं-‘अस्ट्रेलियामा धेरैजसो मानिसहरूले मलाई घृणा गर्छन्। यद्यपि, मलाई आशा छ प्रत्येक पटक फर्केर आउँदा सम्मान पाउने छु। एक दिन म सबैको मन जित्नेछु।’

सन् २०१९ मा पहिलो पटक मिचेल मार्सले टेस्ट म्याचको एक इनिङ्समा पाँच विकेट लिएपछि यस्तो बताएका हुन्। यो खुसीको क्षण हुनु पर्ने थियो, तर एक दशकसम्म आफ्नो प्रतिभा अनुसार खेल प्रदर्शन नसक्नुको तथ्यले उनलाई स्तब्ध बनाएको छ।  

मार्सले सन् २०१० मा पहिलो यू–१९ विश्वकप र त्यसपछि इन्डियन प्रिमियर लिग (आईपीएल)मा डेक्कन चार्जर्सबाट खेल्दा सबैलाई प्रभावित पारे। डेक्कन चार्जर्स भारतको हैदरावाद सहरको फ्रेन्चाइजी क्रिकेट टिम थियो।

त्यसबेलाको डिफेन्डिङ च्याम्पियन टोलीका कप्तान एडम गिलक्रिस्टले मार्सको प्रशंसा गर्दै उनलाई ‘परफेक्ट प्याकेज’ भनेका थिए।

गिलक्रिस्टलाई कहाँ थाहा थियो र पर्थका यी प्रतिभाशाली युवकले १२ वर्षमा आईपीएल मात्र २७ खेल खेल्नेछन्। अझ के हो भने, उनले अक्टोबर २०११ मा डेब्यू गरेपछि मात्र ३६ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका हुन्। तर, उनले फिनिसरको रूपमा पुनरागमन गर्न सकेनन्।

तीन नम्बरको ब्याट्सम्यानको रूपमा पुनरागमन गरेका उनले गत वर्ष अस्ट्रेलियालाई पहिलो टी२० विश्वकपको उपाधि दिलाए।

विश्वकपको फाइनलमा आफ्नो उम्दा प्रतिभा देखाएका उनले झण्डै ६ महिनापछि फेरि आफ्नो क्लास देखाए। 

विश्वकप फाइनलको त्यो इनिङ्सजस्तै बुधबार पनि उनले सुरुमा संघर्ष गरे र अन्त्यमा टोलीलाई जित दिलाए।

Ncell 2
Ncell 2
nimb
nimb

राजस्थान रोयल्सविरुद्धको खेल फाइनल थिएन, तर फाइनलभन्दा कम थिएन। दिल्ली क्यापिटल्सले प्लेअफको आशा जीवित राख्न कठिन पिचमा १६१ रनको लक्ष्य पछ्याएको थियो। साढे ६ करोडमा किनिएका मार्स पहिलो ओभरमा नै टिमले खाता नखोल्दा क्रिजमा आएका थिए। त्यसपछिका दुई ओभरमा विपक्षी बलरहरूले सटिक लाइन, लम्बाइ र स्विङले उनलाई समस्यामा पारे। 

उनको र उनको टोलीको सिजन यी २० ओभरमा निर्भर थियो। प्रसिद्ध कृष्णले उनलाई निक्कै समस्यामा पारे। तर, उनले आफ्नो सन्तुलन नगुमाई मेडेन ओभर खेले।

तेस्रो ओभरमा ट्रेन्ट बोल्टको इन–स्विङ योर्कर स्टम्पको अगाडि जुत्तामा लाग्दा मार्सलाई भाग्यले साथ दियो। राजस्थानले अपिल गरेको थियो। जसलाई अम्पायरले अस्वीकार गरे। 

मार्स त्यो बेला ९ बलमा एक रन बनाएर खेल्दै थिए। स्क्रिनमा रिप्ले देख्नेबित्तिकै उनको अनुहारमा हल्का मुस्कान छायो।

खेलपछि मार्सले भने, ‘यो मेरो टी२० करिअरको सबैभन्दा कठिन पावरप्ले मध्ये एक थियो। हामीले त्यहाँबाट सुरक्षित रूपमा बाहिर निस्कनु पर्ने थियो। यदि तपाईंले दुई वा तीन विकेट गुमाउनु भएको भए निक्कै गाह्रो हुन्थ्यो। हामीले रनको बारेमा नसोची पावरप्लेमा विकेट बचाउने प्रयास गर्नुपर्छ भनेर मूल्याङ्कन गर्‍यौं।’

उनले थपे,‘सबै श्रेय राजस्थानलाई जान्छ। उनीहरूले पावरप्लेमा घातक बलिङ गरे र हामीलाई समस्यामा पारे। १६० रनको लक्ष्य पछ्याउँदा तपाईंलाई ठूलो साझेदारी चाहिन्छ र त्यसमा हाम्रो फोकस थियो। पछिल्ला १८ महिनामा वार्नरसँग ब्याटिङ गर्दै आएको छु। हामीले केही राम्रो खेल्यौं र दिल्लीका लागि अविस्मरणीय साझेदारी गर्‍यौं।’ 

यद्यपि, यो त्यति सजिलो थिएन। मार्सले ट्रेन्ड बोल्टको स्विङ बलबाट बच्न लेग स्टम्प बाहिर बलहरू प्रहार गरे। 

सेट अप भएपछि मार्सले सबै बलरलाई आफ्नो शिकार बनाए। चाहे त्यो स्विङका सरताज बोल्ट होस्,या चर्चित मेडेन थ्रोर। उनले पर्पल क्याप म्यान युजवेन्द्र चहललाई समेत छाडेनन्। 

मार्सले टोलीलाई जित दिलाउन अन्तिम बलसम्म खेल्न सकेनन्। १८ औं ओभरमा पेभिलियन फर्किएका उनले ६३ बलमा ८९ रन बनाए, र दिल्लीलाई जितनजिक पुर्‍याए। मैदानबाट बाहिर निस्कँदा उनले सबैलाई फेरि सम्झाए– करिअर समाप्त भएको छैन। कम्तिमा केही वर्षको लागि हल्का लिन सकिँदैन।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्