काठमाडौं- क्रिकेट रोचक खेल हो। मैदानमा यस्ता घटना बारम्बार भइरहेका हुन्छन्, जहाँ त्यहाँ खेल्ने खेलाडी मात्रै होइन, हेर्ने दर्शक, लाखौँ फ्यान र त्यसका विज्ञहरुको पनि होस उड्छ। र, त्यसपछि बहस सुरु हुन्छ।
बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा यस्तै भयो।
जे होस्, खेल एकतर्फी थियो। पहिले ब्याटिङ गरेको राजस्थानले १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको दिल्लीले ८ विकेट गुमाउँदै ११ बल छदै सजिलै जित्यो। तर, मैदानमा एउटा घटना घट्यो, जसले क्रिकेटको नियममा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्यायो।
यो घटना खेलको ९औं ओभरमा दिल्लीको ब्याटिङको समयमा भएको हो। पर्पल क्याप दौडमा रहेका युजभेन्द्र चहलले यो ओभरमा बलिङ गरेका थिए।
यो चहलको पहिलो ओभर थियो। राजस्थानका कप्तानले आठौं ओभरसम्म आफ्नो च्याम्पियनलाई बल दिएनन्।
९औं ओभरमा वार्नरले चहललाई छक्का प्रहार गरे। त्यसपछि लङअफमा हाई शट खेले, जुन जोस बटलरभन्दा अलि अगाडि खसेको थियो। वार्नर क्याच आउट हुनबाट जोगिए।
सोही ओभरको अन्तिम बलमा वार्नर चकित भए। बल स्टम्पमा ठोक्कियो र फर्कियो। बत्ती पनि बल्यो, तर बेल खसेन।
कमेन्टेटरहरूले क्रिकेटको नियमअनुसार वार्नरलाई आउट नदिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।