काठमाडौं– राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सको जितले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को प्लेअफमा पुग्ने दौडलाई थप रोमाञ्चक बनाएको छ।
यस नतिजाले हाल शीर्ष चारमा रहेका टोलीहरूको टाउको दुखाइ पनि थपेको छ। उनीहरूको प्लेअफमा पुग्ने बाटो अलि कठिन भएको छ। यो नतिजाले दिल्ली र राजस्थानको प्लेअफको आशालाई कस्तो असर पारेको छ हेरौं।
दिल्ली : म्याच १२, अंक १२, नेट रन रेट: ०.२१०
बाँकी खेल : पञ्जाब किंग्स र मुम्बई इन्डियन्सविरुद्ध
राजस्थानविरुद्ध सहज जितको अर्थ दिल्ली अझै शीर्ष चारको दौडमा छ। दिल्लीको रन रेट ०.२१० को छ। यदि दिल्ली १६ अंकमा पुग्यो भने नेट रन रेटले प्लेअफमा पुग्ने ठूलो सम्भावना छ।
दिल्ली अहिले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पछि पार्दै अंक तालिकाको पाँचौं स्थानमा छ। बैंग्लोरको १२ खेलमा १४ अंक छ। तर, नेट रन रेट -०.११५ छ। यदि बैंग्लोर १६ अंकमा रह्यो भने उसको रन रेट दिल्लीभन्दा कम हुने अपेक्षा गरिएको छ।
शीर्ष चारको दौडमा रहेका सबै टोलीहरूमध्ये दिल्लीसँग प्लेअफमा पुग्ने उत्कृष्ट मौका छ।
राजस्थान रोयल्स: म्याच १२, अंक १४, नेट रन रेट: ०.२२८
बाँकी खेल: लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सविरुद्ध
दिल्लीसँग हार्नुको अर्थ राजस्थानले प्लेअफमा स्थान पक्का गर्न संघर्ष गर्नुपर्नेछ। दिल्लीसँगको हारले राजस्थानको नेट रन रेट घटेको छ।
राजस्थानले बाँकी खेलहरूमध्ये एउटा जित्न निकाले पनि शीर्ष चारका लागि नेट रन रेटमा दिल्लीलाई पछाडि पार्नुपर्ने छ (यदि दुवै टोलीको १६ अंक छ भने)। यसका लागि बैंग्लोरले आफ्ना दुवै खेल जितेर कुल १८ अंक जोड्नुपर्नेछ।
त्यसैको नतिजाले लखनऊ सुपर जायन्ट्स र राजस्थानबीचको आइतबारको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण सावित हुनेछ। किनभने, फाइनल खेलमा लखनऊ १६ अंकमा अडिन चाहँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।