काठमाडौं– अस्ट्रेलियाका पूर्व टेस्ट कप्तान टिम पेन तस्मानियाको सम्झौताबाट बाहिरिएका छन्। यो उनको क्रिकेट करिअरको अन्त्य मान्न सकिन्छ।
गत वर्षको एसेज सिरिजअघि पेनले लेखेका केही अश्लील मेसेजहरू सार्वजनिक भएका थिए। त्यसपश्चात् उनले टेस्ट कप्तानबाट राजीनामा गरेका थिए।
कप्तानी त्यागेको केही समयपछि उनले क्रिकेटबाट आराम लिएका थिए। सिजनको अन्त्यमा उनी तस्मानियाका सहायक प्रशिक्षकको भूमिकामा देखा परे।
तर, अहिले २७ वर्षीय पेनलाई २०२२/२०२३ सिजनका लागि राज्यको टोलीमा अनुबन्धित गरिएको छैन।
पेनले यसअघि क्रिकेटमा कोचिङ वा अन्य प्रशिक्षण भूमिकामा रुचि देखाएका थिए, तर बिहीबारको समाचारले उनको क्रिकेट करिअर अब ३५ टेस्ट र १४७ फर्स्ट क्लास खेलहरूमा सीमित हुने देखिन्छ।
टेस्ट कप्तानबाट राजीनामा दिएपछि उनी घाँटीको शल्यक्रिया गरेर मैदानमा फर्किएका थिए । उनी तस्मानिया ११ को खेलमा देखा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।