काठमाडौं- दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्समाथि ८ विकेटको जित निकालेको छ। राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको अर्धशतकीय इनिङ खेले। उनले ६२ बलमा ५ चौका र ७ छक्का प्रहार गरे।
यस्तै, डेभिड वार्नरले अविजित रहँदै ४१ बलमा ५ चौका र १ छक्कासहित ५३ रनको अर्धशतकीय इनिङ्स खेले। कप्तान ऋषव पन्तले अविजित १३ रन जोडे।
राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चाहलले १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो।
राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय खेले। उनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार थगरे। यता, देबदुत पडिकलले ६ चौका र २ छक्कासहित ४८ रन जोडे।
दिल्लीका मिचेल मार्श, एन्रिच नोर्किया र चेतन शाकरियाले २/२ विकेट लिए।
जितसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ। दिल्ली पाँचौं स्थानमा छ।
राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।