काठमाडौं– युगान्डाविरुद्ध हुने ५ खेलको टी२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ। टीयु क्रिकेट मैदानमा हुने सिरिजका लागि क्यानले बुधबार रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा सिता रानामगर, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी र कविता कुँवर छन्। यस्तै, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे पनि टोलीमा छन्।
यता, सबनम राई, विन्दु रावल, ईश्वरी विष्ट, डल्ली भट्ट, हिरनमायी रोय र रितु कनौजियाले स्थान बनाएका छन्। क्यानले बुधबार नेपाली महिला टोलीले युगान्डासँग घरेलु मैदानमा सिरिज खेल्न लागेको जानकारी दिएको हो।
सिरिजअन्तर्गत पहिलो खेल जेठ २ गते हुनेछ। यस्तै, दोस्रो ३ गते र तेस्रो खेल ५ गते हुनेछ। चौथो ६ गते र अन्तिम खेल ७ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।